♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥

बच्चाहरूलाई चिसोबाट जोगाउने १० उपाय - डा. उमाकान्त भट्टराई


सामान्यतया बच्चाहरु भन्ने बितिक्कै ५ बर्ष उमेर समुहकालाई बुझ्नु जरुरी छ । बच्चाहरु कुरा जान्दैनन,थाहा पाउँदैनन । उनीहरु जाडो,गर्मीको अनुभव त गर्छन तर त्यसको कारण र असरका बारेमा ज्ञान हुदैन ।
 
हिजोआज जाडो मौसम छ देशभरका स्वास्थ्य संस्थामा जाडोका बिरामीहरुको संख्या बढ्दो छ । नेपालमा ५ बर्षभन्दा मुनिका बालबालिकाहरुको मृत्युदर बढि हुने गर्दछ ।
                                                                         
त्यसमा पनि बढिजसो श्वासप्रश्वासको संक्रमण,पखाला लाग्नु, कुपोषण आदि बालबालिकाका प्रमुख समस्या हुन । विषेश जाडो मौसममा बालबालिकामा श्वासप्रश्वास सम्वन्धि समस्याहरु देखापर्ने गरेका छन् ।
 
यी सब समस्यबाट मुक्त हुनका लागि बालबालिकाहरुलाई चिसोबाट जोगाउनु पर्दछ । जसका लागि अभिभावकहरुमा चिसोबाट जोगाउने ज्ञान हुन आवश्यक छ । 
 
 


बालबालिकालाई चिसोबाट जोगाउने उपायहरु निम्न छन  :
 
१.बच्चालाई जहिले पनि न्यानो पारेर राख्ने गर्नुस ।
 
२. बच्चालाई तेल लगाउँदा जहिले पनि घाममा राखेर तातो बनाएर मात्र लगाइदिनुस ।
 
३.बच्चालाई खुल्ला स्थान वा चिसो हावा आउने स्थानमा नराख्नुस । 
 
४.टोपीले धेरै मात्रामा मानिसलाई चिसो हुनबाट बचाउँछ । तसर्थ बच्चाको शिरमा जहिले पनि टोपी लगाइदिने गर्नुस ।
 
५.विशेष गरि छाती खराव भएपछि अर्थात छातीमा चिसो भएपछि बच्चालाई संक्रमण गर्ने हुँदा छातीमा बाक्लो कपडा लगाइदिनुस । 
 
६.राती सुताँउदा पनि बच्चालाइ राम्ररी कपडाले ढाकेको छ वा छैन ध्यान दिनुस तर, ख्याल गनुर््स कि यसरी ढाक्दा बच्चाको नाक र मुख  भने थुनिनु हुदैन ।
 
७.जाडो मौसममा जहिले पनि बच्चालाई मनतातो खानेकुराहरु मात्र खुवाउनुस ।
 
८.बच्चालाई चिसो दुध तथा खानेकुराहरु भुलेर पनि नखुवाउनुस ।
 
९.बच्चालाई पटक पटक उसकै इच्छा अनुसार मात्र खानेकुराहरु खुवाउने गर्नुस ।
 
१०.साधारण रुघाखोकी हो भनेर हेलचेंग्राइ नगर्नुस किनकी रुघाखोकी बिग्रेपछि निमोनिया हुने धेरै सम्भावना रहन्छ ।   

           
तसर्थ समय समयमा बिभिन्न खोपहरु दिनुका साथै केही लक्षण देख्ने बितिक्कै चिकीत्सकको परामर्श लिइहाल्नसु  । 


डा.उमाकान्त भट्टराई
स्त्री तथा प्रसुती रोग विशेषज्ञ





 
Share on Google Plus

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment