♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥

"यहाँका मान्छेहरु"- सरिता अधिकारी

सरिता अधिकारी

पुजा गर्छु भन्छन् र दास बनाउछन् ।
माया गर्छु भन्छन् र लास बनाउछन् ।।

तिमी प्रेम हौ भन्छन् , ज्यान प्राण भन्छन् ।
तर पिउन थाल्छन् र प्यास बनाउछन् ।।

अस्तित्व खाेज्नु भनी शिखर चढाउछन् ।
फेरि पछुताउछन् र गाँस बनाउछन् ।।

युग बदलियो , तँ कमजोर नहो भन्छन् ।
तर कुल्चिन्छन् र भास बनाँउछन् ।।

लौरो दिनेले आफै औँला उठाउँछन ।
डर देखाउँछन् र त्रास बनाउँछन् ।।

विराटनगर


Share on Google Plus

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment