♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥

धादिङ नलाङका एक महिला र छोराछोरीसहित पाँचजनालाई घर निकाला

धादिङ - नलाङ गाविस–३ झगरेकी ३२ वर्षीया महिला र उनका चार सन्तानलाई उनका पतिले कात्तिक १ गते राति घर निकाला गरेपछि उनीहरु बिचल्लीमा परेका छन् ।

पीडित पत्नीले आफ्नी १५ वर्षीया एक छोरीलाई पटक पटक बलात्कारको प्रयास समेत गरेकाले घरमा बस्न नसक्ने अवस्था आएपछि सन्तानको सुरक्षाका लागि घर छाडेको बताउइन्।
पतिले तीन छोरी र दुई वर्षीय एक छोरालाई आइतबार राति कुटपिट गर्दै घर निकाला गरेका थिए । छिमेकीका घरबाट दुई वर्षीय छोरालाई दूध ल्याएर खुवाउन ढिला गरेको भन्दै कपाल समातेर भुत्लाउँदै मुड्कीले छातीमा हानेर कुटपिट गरेको पीडितले नलाङ प्रहरी चौकीमा सोमबार जाहेरी दिएकी थिइन् ।

घटनापछि सहयात्री समाजले सञ्चालन गरेको नलाङस्थित स्नेह केन्द्रमा पुगेकी पत्नीलाई पीडकले सोही स्थानमा आएर मानसिक रुपमा समेत कुटपिट गर्ने र सन्तानलाई अपशब्द बोली गाली गरेका थिए ।
अभियुक्तले यसअघि पनि पत्नीलाई कुटपिट गरेका थिए । उनकी पत्नी चोटपटक लिएर स्नेह केन्द्रमा आएको र उपचार गरी घर पठाइएको जानकारी दिँदै स्नेह केन्द्रका इन्चार्ज इन्दिरा रेग्मीले पारिवारिक पुनर्मिलन गराएर घर निकालिएकाहरुलाई घर पठाउने योजना रहेको जानकारी दिए ।

महिलामाथि हुने हिंसामा वृद्धि

गत वर्षको तुलनामा जिल्लामा वैशाख १२ को भूकम्पपछि महिलामाथि हुने हिंसाका घटना बढ्दै गएको सहयात्री समाजले गरेको सर्भेक्षणले देखाएको छ ।

गत आव ०७१/७२ मा ३५ घरेलु हिंसाको घटना भएकामा भूकम्पपछि छ महिनाको अवधिमा ११२ घटना भएको सहयात्री समाजले सोमबार सार्वजनिक गरेको छ । गत एक वर्षमा बलात्कारका तीन, जबर्जस्ती कारणी उद्योगका सात, बोक्सी आरोपका कुटपिट छ र बहुविवाहका १९ गरी महिलामाथि हुने सबै किसिमका हिंसा १०५ छन् ।

भूकम्पपछिको अवधिमा मात्र बलात्कार सात, बलात्कार प्रयासका चार, बोक्सीको आरोपका पाँच लगायत महिलामाथि हुने सबै किसिमको हिंसाको घटना छ महिनाको अवधिमा १६० वटा रहेको समाजका कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी दिए ।

सो अवसरमा प्रजिअ दीपक काफ्ले र प्रहरी नायब उपरीक्षक सविन प्रधानले महिलामाथि हुने हिंसा अन्त्य गर्न प्रहरीले नागरिक संस्थाको सहकार्यमा अभियान थाल्न लागेको बताए ।

जिल्ला प्रहरी कार्यालयमा सर्वेक्षणमा देखिएको जस्तो घटना दर्ता नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
Share on Google Plus

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment