♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥

पोखरामा धारो छोएको निहुँमा दलित महिला पिटिईन,प्रहरीले उजुरी दर्ता गर्न मानेन

रामकुमार परियार
असोज २९ , शुक्रवार ।

पोखरामा गत बुधबार सार्वजनिक धारा छोएको निहुँमा एक दलित महिला माथी निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ ।


गत असोज २७ गते बुधबार साँझ कास्की जिल्ला स्थित पोखरा-२७ शान्ती चोक , खत्री टोलकी स्थानीय  शिक्षिका भगवती केसि र उनका बाबू शंकर केसिले लामाचौर -८ घर भई हाल सोही ठाउँ बस्दै आएकी कमला विकलाई बिगृएको धारा बनाएर पानी थाप्ने क्रममा आफ्नो गाग्री  र धारा छोएको भन्दै निर्मम कुटपिट गरेको खबर सामाजिक संजाल मार्फत सार्वजनिक भएको हो ।

पानी भर्न जाँदा धारोको पाईप चुँडिएको पाईएपछी कमलाले जोड्न लाग्दा "तँ कमिनिले धारो किन छोईस" भन्दै गाग्रीको पानी पोखेर कुटपिट गरेको बताईन्छ । उक्त घटना पश्चात् पीडितले स्थानीय प्रहरीमा उजुरी दर्ता गर्न जाँदा प्रहरिले दर्ता गर्न नमानेको र उल्टै यस्ता कुरा गाउँमै मिलापत्र गर भनेर फर्काएको बताईन्छ । पिडक केसि एमाले कार्यकर्ता भएको हुँदा राजनीतिक पहुंचका आधारमा प्रहरीलाई मुद्दा दर्ता गर्न नदिईएको बुझिएको छ ।
Share on Google Plus

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment