13 Dec 2015 0 comments

सामान्यतया बच्चाहरु भन्ने बितिक्कै ५ बर्ष उमेर समुहकालाई बुझ्नु जरुरी छ । बच्चाहरु कुरा जान्दैनन,थाहा पाउँदैनन । उनीहरु जाडो,गर्मीको अनुभव त गर्छन तर त्यसको कारण र असरका बारेमा ज्ञान हुदैन । ...

बाँकी यता>>
17 Nov 2015 0 comments

छेटु शेर्पा अशिक्षा र अज्ञानता संखुवासभा: १८ वर्षीया किशोरी निमछिकी शेर्पा तीन सन्तानकी आमा बनेकी छिन्। अशिक्षा र अज्ञानताले गर्दा उनले १४ वर्षमै बिहे गरिन् र लगातार तीन बच्चा जन्माइन्। &nb...

बाँकी यता>>
11 Nov 2015 0 comments

यहाँका विद्यालय उमेरका बालबालिका पढ्ने समयमा विवाह गर्दा पढाइ अगाडि बढाउन नपाएको गुनासो उनीहरुले गरेका छन् । बालविवाह हुँदा छ प्रतिशतभन्दा बढी बालबालिकाले पढाइ छाड्न बाध्य भएको जिल्ला शिक्षा...

बाँकी यता>>
20 Oct 2015 0 comments

धादिङ - नलाङ गाविस–३ झगरेकी ३२ वर्षीया महिला र उनका चार सन्तानलाई उनका पतिले कात्तिक १ गते राति घर निकाला गरेपछि उनीहरु बिचल्लीमा परेका छन् । पीडित पत्नीले आफ्नी १५ वर्षीया एक छोरीलाई पटक...

बाँकी यता>>
19 Oct 2015 0 comments

ज्योती देवकोटा ‘आमा’ भन्ने शब्दसँग मेरो सबैभन्दा बढी प्रेम छ। र, यही शब्दसँग सबैभन्दा बढी वितृष्णा पनि छ। झलकमान गन्धर्वले गाएको ‘आमाले सोध्लिन् नी खै छोरो भन्लिन्’ गीत होस् वा दिप श्रेष्ठ...

बाँकी यता>>
16 Oct 2015 0 comments

रामकुमार परियार असोज २९ , शुक्रवार । पोखरामा गत बुधबार सार्वजनिक धारा छोएको निहुँमा एक दलित महिला माथी निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ । गत असोज २७ गते बुधबार साँझ कास्की जिल्ल...

बाँकी यता>>
15 Oct 2015 0 comments

प्रधानमन्त्री केपि ओलिले प्रधानमन्त्री चयन भए लगत्तै देशभरबाट तुईन विस्थापन गरिछाड्ने अठोत लिएको घोषणा गरेका छन । उनको कार्याकालमा यो संभव होला त ? ...

बाँकी यता>>
08 Oct 2015 0 comments

२२ असोज । आकर्षक कमाइको सपना बोकेर १६ महिनाअघि आफ्नो ब्युटी पार्लर छाडेर विदेश गएकी बुटवलकी गेनुरेश्मी थापामगरलाई दलालले सिरियामा पुर्‍याएर बिक्री गरे । द्वन्द्वग्रस्त मुलुक सिरियामा बेचिएपछि उन...

बाँकी यता>>

♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥

एउटा नमुना विद्यालयः जहाँ दौरा सुरुवाल र चौबन्दी चोलीमा सजिन्छन विद्यार्थी

जितेन्द्र भण्डारी / ईमेज
पाँचथर, असोज २० । सदरमुकाम फिदिमदेखि करिव ३८ किलोमिटर टाढा भारतको पश्चिम बङ्गालसंग सिमाना जोडिएको पाँचथरको दुर्गम गाविस सिदिन–२, दबाइपानीमा रहेको दीपज्योति प्राविमा पुग्नुभयो भने तपाइँ छक्क पर्नुहुन्छ– यस्तो दुर्गमा गाउँमा पनि यति सुन्दर विद्यालय रहेछ भनेर ।

स्थानीयस्तरमा सहजै उपलब्ध हुने काठको प्रयोग गरेर बनाइएको चिटिक्क परेको भवन । काठबाटै बनाइएको वालमैत्रि डेक्स–बेन्च । प्रत्येक कक्षाकोठामा ह्वाइट वोर्ड । कम्प्यूटर कक्षा । प्रोजेक्टरको व्यवस्था । एकदमै मिहेनेत गरेर काठ र भाटाले बारिएको विद्यालय कम्पाउण्ड । वरिपरि मनै लोभ्याउने हरियो लेकाली जंगल । यी सबै देखेर तपाइँ मनमनै भन्न बाध्य बन्नुहुनेछ– नमुना विद्यालयको उदाहरण प्रस्तुत गर्न सुगम ठाउँ नै नचाहिने रहेछ ।

वि.सं.२०४८ सालमा स्थानीय बुद्धिजीवि र दीपज्योति युवा क्लवको सक्रियतामा स्थापना भएको दीपज्योति प्राविले जिल्लाकै नमुना विद्यालयको चिनारी बनाएको छ । अहिले ४८ छात्र र ५४ छात्रा गरी जम्मा १०२ जना विद्यार्थी अध्ययनतर सो विद्यालयको छुट्टै पहिचान पनि छ ।

अरु दिन निलो सर्ट र निलो पाइन्ट–फ्रकमा विद्यालय आउने वालवालिका आइतबार, सोमबार र मंगलबार नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवात, ढाका टोपी र चौबन्दी चोलीमा सजिएर स्कूल आउँछन् । तर ती स्कूले वालवालिका विद्यालयमा हुन लागेको कुनै साँस्कृतिक कार्यक्रमको लागि त्यस्तो पोशाकमा सजिएका भने होइनन् ।

वि.सं.२०६८ देखि विद्यालयले हप्ताको तीन दिन दौरा सुरुवाल, ढाका टोपी र चौबन्दी चोलीलाई स्कूल युनिफर्म बनाएपछि उनीहरु यसरी नेपाली राष्ट्रिय पोशाकमा सजिने गरेका हुन् ।

त्यो दिन विद्यार्थी संगै शिक्षक–शिक्षिकाले पनि नेपाली पोशाक लगाउँछन् । ‘देशको उच्च ओहोदामा पुगेका धेरै व्यक्तिले राष्ट्रिय पोशाक लाउदैनन्’ विद्यालयका प्रअ सुनिल वान्तावा भन्छन् ‘नेपाली राष्ट्रियताको भावनालाई बलियो बनाउँन हामीले राष्ट्रिय पोशाकलाई स्कूल ड्रेस बनाएका हौं ।’

सुविधासम्पन्न ठाउँका विद्यालयहरुमा मात्र प्रोजेक्टरको प्रयोग गरी विद्यार्थीहरुलाई पढाइन्छ । तर जिल्लाकै विकट गाउँमा रहेको दीपज्योति प्राविमा हप्ताको शुक्रबार प्रोजेक्टर मार्फत विद्यार्थीलाई कम्प्यूटरको थ्योरी कक्षा दिइन्छ ।

अरु दिन ब्रेक टायममा कम्प्यूटरको प्रयोगात्म ज्ञान लिन्छन् विद्यार्थी । कक्षा १ का वालवालिकालाई ‘खेल्दै–सिक्दै’ बिधि मार्फत शिक्षण सिकाइ गरिन्छ । ‘हामीलाई पर्याप्त स्रोत–साधन र शैक्षिक सामग्रीहरुको अभाव छ’ प्रधानाध्यापक वान्तावा भन्छन् ‘त्यसैले सहयोगी हातहरुको खोजी गरिरहेका छौं ।’

दुर्गम गाउँको नमुना विद्यालयको चिनारी बनाउँन सफल उक्त विद्यालय स्थापना गर्दाको कथा भने बेग्लै छ । विद्यालय स्थापनाको लागि सम्बन्धित निकायमा पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि स्थानीयले आफै स्थापना गरेका हुन् दीपज्योति प्रावि ।

‘गरीबि, अशिक्षा र भौगोलिक विकटताका कारण यो क्षेत्रका १० वर्षभन्दा मुनिका वालवालिका पढ्नबाट बञ्चित थिए’ स्कूल स्थापना गर्दाताकाका कठिन दिनहरु स्मरण गर्दै व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबीर राई भन्छन् ‘सुरुमा शैक्षिक सामग्री, प्रशासनिक खर्च र शिक्षक तलव सेवा क्षेत्रका अभिभावकबाट मासिक ३० रुपैंयाँ संकलन गरी चलाउन्थ्यौं ।’ राईका अनुसार सुरुका दिनमा केही समय स्वयंम्सेवकको रुपमा काम गरेपछि एक जना शिक्षकलाई मासिक २ सय तलव दिइन्थ्यो ।

वि.सं.२०५६ सम्म नीजि स्रोतबाट सञ्चालन हुँदै आएको उक्त विद्यालयलाई सोही वर्ष माघ १० गते कक्षा–१ सञ्चालन गर्ने अनुमति जिशिकाबाट प्राप्त भयो । हाल कक्षा–५ सम्म पठनपाठन भइरहेको छ ।

हाल जिशिकाबाट विद्यालयले २ जना शिक्षक राहत वरावरको रकम र केही अन्य अनुदान रकम प्राप्त गर्दै आएको छ । सो  रकम र स्थानीय स्तरमा आर्थिक श्रोत जुटाई ६ जना शिक्षक–शिक्षिका राखि तलव धान्दै आएको प्रअ वान्तावा बताउँछन् ।

विद्यालयको विकासको लागि काठमाडौं घट्टेकुलो निवासी समाजसेवी तथा शिक्षाप्रेमी पुरुषोत्तम भट्टराई र अन्य सहयोगकर्ताहरुबाट अनुदान रकम स्वरुप प्राप्त रकमले वि.सं.२०६७ मा  ५० हजार रुपैयाको स्वर्गीय डा. सुब्रमन्यम सान्मुगा भाष्कर स्मृति कोष स्थापना भएको छ ।

त्यस्तै गुन्यूचोली, दौरासुरुवाल, पोशाकको लागि वि.सं. २०६८ मा ५० हजार रुपैंयाँको छुट्टै अक्षयकोष विद्यालयले स्थापना गरेको छ । सो रकमको व्याज र अन्य सहयोग जुटाई विद्यालयले वार्षिक रुपमा प्रत्येक कक्षाबाट उत्कृष्ट हुने ३–३ जना जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार र सवै विद्यार्थीहरुलाई ।

Share on Google Plus

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment