13 Dec 2015 0 comments

सामान्यतया बच्चाहरु भन्ने बितिक्कै ५ बर्ष उमेर समुहकालाई बुझ्नु जरुरी छ । बच्चाहरु कुरा जान्दैनन,थाहा पाउँदैनन । उनीहरु जाडो,गर्मीको अनुभव त गर्छन तर त्यसको कारण र असरका बारेमा ज्ञान हुदैन । ...

बाँकी यता>>
17 Nov 2015 0 comments

छेटु शेर्पा अशिक्षा र अज्ञानता संखुवासभा: १८ वर्षीया किशोरी निमछिकी शेर्पा तीन सन्तानकी आमा बनेकी छिन्। अशिक्षा र अज्ञानताले गर्दा उनले १४ वर्षमै बिहे गरिन् र लगातार तीन बच्चा जन्माइन्। &nb...

बाँकी यता>>
11 Nov 2015 0 comments

यहाँका विद्यालय उमेरका बालबालिका पढ्ने समयमा विवाह गर्दा पढाइ अगाडि बढाउन नपाएको गुनासो उनीहरुले गरेका छन् । बालविवाह हुँदा छ प्रतिशतभन्दा बढी बालबालिकाले पढाइ छाड्न बाध्य भएको जिल्ला शिक्षा...

बाँकी यता>>
20 Oct 2015 0 comments

धादिङ - नलाङ गाविस–३ झगरेकी ३२ वर्षीया महिला र उनका चार सन्तानलाई उनका पतिले कात्तिक १ गते राति घर निकाला गरेपछि उनीहरु बिचल्लीमा परेका छन् । पीडित पत्नीले आफ्नी १५ वर्षीया एक छोरीलाई पटक...

बाँकी यता>>
19 Oct 2015 0 comments

ज्योती देवकोटा ‘आमा’ भन्ने शब्दसँग मेरो सबैभन्दा बढी प्रेम छ। र, यही शब्दसँग सबैभन्दा बढी वितृष्णा पनि छ। झलकमान गन्धर्वले गाएको ‘आमाले सोध्लिन् नी खै छोरो भन्लिन्’ गीत होस् वा दिप श्रेष्ठ...

बाँकी यता>>
16 Oct 2015 0 comments

रामकुमार परियार असोज २९ , शुक्रवार । पोखरामा गत बुधबार सार्वजनिक धारा छोएको निहुँमा एक दलित महिला माथी निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ । गत असोज २७ गते बुधबार साँझ कास्की जिल्ल...

बाँकी यता>>
15 Oct 2015 0 comments

प्रधानमन्त्री केपि ओलिले प्रधानमन्त्री चयन भए लगत्तै देशभरबाट तुईन विस्थापन गरिछाड्ने अठोत लिएको घोषणा गरेका छन । उनको कार्याकालमा यो संभव होला त ? ...

बाँकी यता>>
08 Oct 2015 0 comments

२२ असोज । आकर्षक कमाइको सपना बोकेर १६ महिनाअघि आफ्नो ब्युटी पार्लर छाडेर विदेश गएकी बुटवलकी गेनुरेश्मी थापामगरलाई दलालले सिरियामा पुर्‍याएर बिक्री गरे । द्वन्द्वग्रस्त मुलुक सिरियामा बेचिएपछि उन...

बाँकी यता>>

♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥

नानिहरुका साहारा

उपेन्द्र लामिछाने

कुनै बेला ह्विलचेयरको सहारामा हिँड्ने युवराज थापाअहिले साँखुको सल्मुटारमा ७ देखि २५ वर्ष उमेरका २३ जना अपांगता भएका व्यक्तिलाई आश्रय दिइरहेका छन्। ‘म लट्ठीको सहाराले उभिन सक्ने भएको छु,’ उनले भने, ‘मेरो बाँकी जीवन सहाराविहीनको सहारा बनोस्।’

दैनिक चार घन्टा पैदल दुरी तय गरेर उनी विद्यालय जान्थे। कक्षा ९ मा पढ्दै गर्दा उनको कम्मरमा अचानक समस्या आइलाग्यो। बिरामी परे। कम्मरमुनिको भाग चल्ने छाडेपछि स्कुल यात्रा ठप्प रोकियो। भोजपुर हसनपुरका युवराज थापा स्कुल त जान पाएनन् नै बाहिर कतै हिँडडुल गर्नसमेत नसक्ने भए।

२०४७ सालको कुरा हो यो। गरिबीका कारण परिवारले ह्विलचेयर किन्न सकेनन्। उनले कर त गरे तर परिवारले वास्ता गरेनन्। झन्डै चार वर्षसम्म कुँजिएर बसेका उनमा आशाका बाटाहरू बन्द हुन थाले। ‘कतिसम्म भने, त्यस बेला मैले मृत्युवरण गर्नेसमेत सोचिसकेको थिएँ,’ उनी भन्छन्।

गाउँका एक भलाद्मीलाई उनले कुरै कुराको सिलसिलामा आफू जीवनको बाँकी यात्राप्रति निराश बन्दै गएको सुनाएछन्। ‘दुःख पाएर के बाँच्नु भन्ने लाग्थ्यो,’ नागरिकसँगको कुराकानीमा युवराजले भने, ‘उनले पनि मरेर झन् दुःख पायौ भने के गर्छौ भनेर सोधे।’ त्यही वाक्यले नै हो युवराजलाई सोच्न बाध्य बनाएको। केही दिन निकै रन्थनिएछन् उनी। ‘त्यसपछि मृत्यु–चिन्तन छाडेर अब जीवनलाई कसरी नयाँ बाटोतिर मोड्न सकिन्छ भनेर सोच्न थालेँ,’ उनी भन्छन्।

उनको खुट्टा चल्दैन थियो तर आत्मबल र उत्साहले जीवनयात्रा तय गर्ने निधो गरे। उनी अशक्त अवस्थामै पहाडबाट मधेसको सुनसरी झरे। त्यहाँ केही समय बसेर उपचारका लागि राजधानी आए। तर सिटी स्क्यान गर्ने पैसा थिएन। पैसा नभई उपचार नहुने बुझेपछि फेरि उनमा अर्को झड्का लाग्यो। यहीबीच नेपालगन्जमा स्वास्थ्य शिविर लागेको र त्यहाँ अपांगता भएका मानिसलाई ह्विलचेयर दिने खबर उनको कानमा पर्योे। लगत्तै उनी नेपालगन्ज हान्निए। त्यहाँ उनीमात्रै होइन अपांगता भएका धेरै जना पुगेका रहेछन्। आफ्नोजस्तै पीडा अरूको पनि देख्दा उनमा हिम्मत बढ्यो। दुःख साटे। आत्मीयता बाँडे। ह्विलचेयर लिएर खुसी हुँदै सुनसरी फर्किए।

त्यसको पाँच वर्षपछि (०५२ साल) सुनसरीको झुम्कास्थित जनता माविमा ९ कक्षामा फेरि भर्ना भएका उनले दुई वर्षपछि एसएलसी उत्तीर्ण गरे।

एसएलसी सकेर उनी राजधानीस्थित शान्तिसेवा गृहमा आइपुगे। खुट्टाको परीक्षणपछि उपचार सम्भव हुने चिकित्सकले बताएपछि उनमा खुसी थपियो। त्यसपछि नियमित फिजियोथेरापीले उनको खुट्टामा धेरै सुधार देखियो। ‘पहिले ह्विलचेयरमा गुड्ने म बिस्तारै घिस्रेर हिँड्न थालेँ,’ उनले सुनाए, ‘लट्ठीको साहाराले उभिन सक्ने भएँ।’

सुधार हुँदै गएपछि बिहान कलेज र दिउँसो आफैं केही काम गर्न सक्षम बने। सामान्य सहयोगले पनि आफूजस्ता अपांगता भएका व्यक्तिको जीवनमा आमूल परिवर्तन आउन सक्ने उनले बुझेका थिए। अपांगता भएकाहरूकै लागि सहयोग गर्न आफ्नै अध्यक्षतामा उनले द्वन्द्वपीडित तथा अपांग समाज नेपालको स्थापना गरे। बिए पढ्दै गर्दा ०६२ सालमा जन्मेको समाजले अहिले विभिन्न व्यक्तिलाई तालिम दिँदै आत्मनिर्भर बनाइरहेको छ।

कुनै बेला ह्विलचेयरको सहारामा हिँड्ने उनै युवराज अहिले साँखुको सल्मुटारमा ७ देखि २५ वर्ष उमेरका २३ जना अपांगता भएका व्यक्तिलाई आश्रय दिइरहेका छन्। ‘म लट्ठीको सहाराले उभिन सक्ने भएको छु,’ उनले भने, ‘मेरो बाँकी जीवन सहाराविहीनको सहारा बनोस्।’ उनको यो अभियानलाई विभिन्न मनकारीहरूले सहयोग गरिरहेका छन्। ‘कसैले दालचामल ल्याइदिन्छन् त कसैले लत्ताकपडा।


आश्रय लिइरहेको घर भूकम्पले क्षति पुर्यालएपछि त्रिपालमुनि बस्दै आएका बालबालिकालाई एक दाताले भूकम्प प्रतिरोधात्मक घर बनाइदिएका छन्। अब नानीहरूलाई बस्न र सुत्न समस्या छैन। ‘किचन र सामान राख्ने ठाउँको चाहिँ अभाव छ,’ उनले समस्या दर्शाए।

नियमित स्रोत नहुँदा भने कहिलेकाहीँ समस्या आइलाग्छ। ती बालबालिकाका लागि कसैले जन्मदिन तथा अन्य धार्मिक कार्यक्रमको भोजसमेत यहीँ आएर गर्ने गरेका छन्। यस्तो कार्यले पनि उनलाई केही राहत मिलेको छ।

उनी पुराना दिन सम्झन्छन् र भन्छन्, ‘अपांग भए पनि आत्मविश्वा ठूलो रहेछ। त्यही बलले म यसरी खुसी जीवन बिताइरहेको छु।’

साभारः नागरिक दैनिक
Share on Google Plus

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment