13 Dec 2015 0 comments

सामान्यतया बच्चाहरु भन्ने बितिक्कै ५ बर्ष उमेर समुहकालाई बुझ्नु जरुरी छ । बच्चाहरु कुरा जान्दैनन,थाहा पाउँदैनन । उनीहरु जाडो,गर्मीको अनुभव त गर्छन तर त्यसको कारण र असरका बारेमा ज्ञान हुदैन । ...

बाँकी यता>>
17 Nov 2015 0 comments

छेटु शेर्पा अशिक्षा र अज्ञानता संखुवासभा: १८ वर्षीया किशोरी निमछिकी शेर्पा तीन सन्तानकी आमा बनेकी छिन्। अशिक्षा र अज्ञानताले गर्दा उनले १४ वर्षमै बिहे गरिन् र लगातार तीन बच्चा जन्माइन्। &nb...

बाँकी यता>>
11 Nov 2015 0 comments

यहाँका विद्यालय उमेरका बालबालिका पढ्ने समयमा विवाह गर्दा पढाइ अगाडि बढाउन नपाएको गुनासो उनीहरुले गरेका छन् । बालविवाह हुँदा छ प्रतिशतभन्दा बढी बालबालिकाले पढाइ छाड्न बाध्य भएको जिल्ला शिक्षा...

बाँकी यता>>
20 Oct 2015 0 comments

धादिङ - नलाङ गाविस–३ झगरेकी ३२ वर्षीया महिला र उनका चार सन्तानलाई उनका पतिले कात्तिक १ गते राति घर निकाला गरेपछि उनीहरु बिचल्लीमा परेका छन् । पीडित पत्नीले आफ्नी १५ वर्षीया एक छोरीलाई पटक...

बाँकी यता>>
19 Oct 2015 0 comments

ज्योती देवकोटा ‘आमा’ भन्ने शब्दसँग मेरो सबैभन्दा बढी प्रेम छ। र, यही शब्दसँग सबैभन्दा बढी वितृष्णा पनि छ। झलकमान गन्धर्वले गाएको ‘आमाले सोध्लिन् नी खै छोरो भन्लिन्’ गीत होस् वा दिप श्रेष्ठ...

बाँकी यता>>
16 Oct 2015 0 comments

रामकुमार परियार असोज २९ , शुक्रवार । पोखरामा गत बुधबार सार्वजनिक धारा छोएको निहुँमा एक दलित महिला माथी निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ । गत असोज २७ गते बुधबार साँझ कास्की जिल्ल...

बाँकी यता>>
15 Oct 2015 0 comments

प्रधानमन्त्री केपि ओलिले प्रधानमन्त्री चयन भए लगत्तै देशभरबाट तुईन विस्थापन गरिछाड्ने अठोत लिएको घोषणा गरेका छन । उनको कार्याकालमा यो संभव होला त ? ...

बाँकी यता>>
08 Oct 2015 0 comments

२२ असोज । आकर्षक कमाइको सपना बोकेर १६ महिनाअघि आफ्नो ब्युटी पार्लर छाडेर विदेश गएकी बुटवलकी गेनुरेश्मी थापामगरलाई दलालले सिरियामा पुर्‍याएर बिक्री गरे । द्वन्द्वग्रस्त मुलुक सिरियामा बेचिएपछि उन...

बाँकी यता>>

♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥

सबैले पढ्नै पर्नेलेख “हर्लिक्समा ५० रुपैयाँ खर्च गर्ने कि ४ रुपैयाँ ? “

डाक्टर अरुणा  उप्रेती

हर्लिसको एउटा विज्ञापन आउँछ। एक गृहिणी दुध उमाल्न राख्छिन् र बिसिन्छिन्। दुध भकलक्क उम्लिन खोज्छ तर गृहिणीले दौडेर गएर ग्यास निभाउँछिन्। एउटा आवाज आउँछ, ‘दुध उम्लेपछि २५५ पौष्टिक तत्व नष्ट हुन्छ। त्यसैले हर्लिक्स मिलाएर बच्चालाई दिनुस् र दुधको पोषण बढाउनुस्।’

यो अति गलत र भ्रमपूर्ण विज्ञापन हो। महंगो हर्लिक्सलाई स्वास्थबर्धक खाना मान्ने मानिसहरुले जौको सत्तु बच्चालाई दिनुस् भन्दा ‘छया’ भन्लान् तर त्यस्तै अन्नबाट बनेको हर्लिक्स चाँही दिन खोज्छन्।

टेलिभिजनमा आउने विज्ञापनमा एकजना स्वास्थ्यकर्मी आएर यस्तो खानेकुराले “बालबालिकाको बुद्धि बढाउँछ’ भनेर उल्लेख गरिन्छ। वास्तवमा यो भ्रमपूर्ण विज्ञापन हो। कुनै पनि बजारिया प्याकेटमा राखिएका खानेकुराहरुले बच्चालाई न अग्लो बनाउँछ, न बढी बुद्धिमान बनाउँछ। बच्चालाई घरमा नै बनाइएका दाल, भात, तरकारी, दूध, दही, फलफुल, गेडागुडी आदिको उचित पोषणले नै स्वस्थ बनाउँछ। कुनै खास खानेकुराले बच्चालाई बढी बुद्धिमान बनाउने भए त धनी मातापिताका सन्तान, राजा र नेताहरुका छोराछोरी कति बुद्धिमान हुन्थे होलान?

यस्तै भ्रमपूर्ण विज्ञापन प्रसारण भइरहेको छ। “तपाईका बच्चाहरुले घरको खाना खाँदैनन्? त्यसैले हर्लिक्स खुवाउनुस्, यो खाएपछि बच्चा छिटो बढ्छ, बढी बुद्धिमान हुन्छ।’ घरको खाना नखाए पनि यसरी हर्लिक्स खाएपछि पोषणयुक्त तत्व शरीरमा पुग्छ भन्ने भ्रम जनमानसमा फैलाइएको छ। यस्तै भ्रमपूर्ण विज्ञापनका कारणले गर्दा धेरै बाबुआमाले बच्चाहरुलाई घरको दालभात, रोटी, तरकारी खान प्रेरित नगरेर बाहिरका महंगा खानेकुराहरु दिने प्रचलन बढ्दै गएको छ। पौष्टिकताको विषयमा गरिएको अनुसन्धानमा हर्लिक्समा कति प्रोटिन, कति कार्बोहाइड्रेट हुन्छ र त्यसको मूल्य के छ भनेर तथ्य अगाडि ल्याइएको छ।

अध्ययन अनुसार १०० ग्राम हर्लिक्समा पाइने यी तत्वलाई ५० रु. तिर्नुपर्छ तर यिनै तत्व पाइने खाद्य पदार्थ हामी रु.४ मा नै पाउन सक्छौ। झन् अहिले त साना शिशुको लागि, ५–६ वर्षको बच्चाको लागि, गर्भवती महिलाको लागि भनेर आउने हर्लिक्सको विज्ञापन र तिनमा देखाइएको तथाकथित चित्रहरुले त मानिसहरुलाई साँच्चि नै भ्रम पर्न जान सक्छ। वास्तवमा यी पदार्थ व्यापारिक प्रयोजनको लागि बनाइएको र यिनमा भनिएका धेरै कुरा अति बढी प्रचारित र भ्रमपूर्ण हुन्छन्। हर्लिक्स जस्तै अर्को बस्तु बोर्नभिटाका बारेमा गरिएको विज्ञापनमा भनिएको छ, यसको प्रयोगले बच्चा बढी काम गर्न सक्ने, बढी खेल्न सक्ने हुन्छ। यसरी बोर्नभिटाले बढी काम गर्न सक्ने भए त यो किनेर खुवाउने सबैका छोराछोरीहरु बढी खेल्न सक्ने, लामो समय काम गर्न सक्ने हुन्थे होलान् तर त्यस्तो भएको कहिँ देख्नुभएको छ?

साबुनका विज्ञापनहरु पनि निकै भ्रमपूर्ण हुन्छन्। कुनै पनि साबुनको मुख्य काम छालाको सफाइ गर्ने हो। लुगा धुने साबुनले लुगाको मैलो निकाल्छ, नुहाउने साबुनले शरीरको फोहोर निकाल्छ।

अनुहार र शरीरमा लगाउने साबुनको विज्ञापन चाहिँ फिल्मका नायक,नायिका, मोडललाई अघि सारेर गर्ने गरिन्छ। कुनै खास किसिमको साबुन लगाएपछि अनुहारको रंग गोरो, छाला नरम हुन्छ भनिएको हुन्छ। यस्तो लाग्छ मानौ कुनै खास साबुन प्रयोग गरेपछि अनुहार नै फरक हुन्छ। अहिले आउने विज्ञापनहरुमा लक्स साबुनको विज्ञापन निकै नै बढी छ। विज्ञापनको भ्रममा परेर मानिसहरु नै ‘ऐश्वर्य राय’ जस्तो अनुहार पाउने आशामा साबुन किन्ने गरेको देखिन्छ। विज्ञापनमा भनिए जस्तो गोरो अनुहार साबुनले पार्न सक्दैन। किनभने शरीरको छालाको रंग त मानव शरीरमा भएको ‘मेलानिन’ नामक तत्वले गर्दा गोरो, गहुँगोरो वा कालो हुने हो। यसलाई बाहिरबाट साबुनले धोएर वा क्रिम लगाएर परिवर्तन गर्न सकिन्न।

प्राकृतिक छालाको रगं गहुँगोरो वा कालो हुनु मानौं कुनै अभिशाप नै जस्तो गरेर यस्ता साबुनले प्रचार गरिन्छ र मानिसको गहुँगोरोको अपमान गरिन्छ। यो नैतिक हा ?

छालाको सफाइको लागि महङ्गा साबुन किन्नु पर्ने जरुरत नै छैन, जुनसुकै साबुनले पनि त्यो काम गर्नसक्छ। जाडोको बेलामा त बरु साबुनको सकेसम्म प्रयोग नै बन्द गर्नुपर्छ। साबुनको धेरै प्रयोगले जाडोमा छाला सुख्खा हुने र फुट्ने हुन्छ।

त्यस्तै खाना खानुभन्दा अगाडि कुनै खास साबुनले हात धुनु पर्दैन। हात धुने जुनसुकै साबुनले धोए पनि हुन्छ। अहिले ‘लाइफबय’ नामको साबुनले अति आक्रामक भएर विज्ञापन गरिरहेको छ। लाइफबय साबुनले हात धोएपछि शरीरका १० थरि किटाणु भर्ने र यो साबुनले हात धोएपछि रुघाखोकी नलाग्ने, पेट नदुख्ने आदि आदि विज्ञापनमा दिइन्छ। डाक्टर अंकलको भेसमा सेतो कोट ओेडेर दिएको यस्तो परामर्श गलत हो। पहिलो त हातको ९९.९ प्रतिशत किटाणुको सफाइ गर्ने भन्ने विज्ञापन नै गलत छ। ९९.९ प्रतिशत किटाणु नष्ट भए भने त रोगसँग लड्ने हाम्रो शक्ति नै खत्तम हुन्छ।


यस्तै फलफूलको रसहरु तथा जुसको विज्ञापनमा पनि निकै झुट कुराहरुको प्रचार गरेको पाइन्छ। यस्ता बिज्ञापनमा ‘ताजा फलफूलबाट बनाई केही नमिसाई बट्टामा बन्द गरिएका स्वस्थ’ भनेर प्रचार गरिन्छ। फलफूलको वास्ना र चिनी मिसाएर बनाइएका रसलाई हामी साच्चिकै फलफूलको रस भनेर पत्याउँछौं। फलफुलकै रस हो भने के कुनै पनि बाहिरी वस्तु नमिसाई फलफूलको रस ‘ताजा’ रहिरहन सक्छ? फलफूलका रस बनाएर राख्दा फलफूलमा भएका कतिपय पोषणतत्व नष्ट हुन्छन्।

त्यसैगरी दाँत सफा गर्न प्रयोग गरिने विभिन्न किसिमका दन्त मञ्जनहरुको बारेमा पनि भ्रमपूर्ण विज्ञापनहरु प्रकाशन प्रसारण गर्ने गरिएको छ। ‘दाँत एकैचोटी झलमल हुने’ भनेर विज्ञापन गर्ने गरेको देखिन्छ। यस्तै विज्ञापनको भर परेर मानिसहरु त्यस्तो दन्तमञ्जन खरिद गरेर प्रयोग गरिरहेका हुन्छन्। वास्तवमा जुन मञ्जन प्रयोग गरेपनि खास केही फरक पर्दैन, दाँत सफा गर्ने काम मञ्जनको नभई ब्रसको हो। हरेक मञ्जनमा रंग, स्वाद र फिज निकाल्ने तत्व हुन्छन्। भिन्दा भिन्दै कम्पनीले भिन्दा भिन्दै वास्ना र स्वाद आउने तत्व मिश्रण गरेका हुन्छन्। मञ्जनको प्रयोग गरेपछि फिँज निकालेर सफा गर्दा एक छिन ‘गुलियो र ताजापनको’ आभास चाँहि आउँछ, तर त्यसमा मिलाइएका तत्वहरुले दाँतमा क्याल्सियम पुर्‍याउने र विज्ञापनमा देखाइएका जस्ता ‘डरलाग्दा’ काला हरिया किराहरु मार्ने काम चाँहि गर्दैन। विज्ञापनको बहकाउमा आएर मानिसहरुले बारम्बार टुथपेस्ट परिवर्तन गर्ने गरेका हुन्छन्। विशेषज्ञका भनाइमा प्राय सवै प्रकारका टुथपेष्ट उस्तै नै हुन्छन। वास्ना र स्वाद मात्र कम्पनीअनुसार फरक हुन्छ। त्यसकारण कुन टुथपेस्ट प्रयोग गर्ने भन्ने कुराले दाँतको सफाइमा खासै महत्व राख्दैन बरु नियमितरुपमा सही तरिकाले ब्रस गरेको छ कि छैन भन्ने कुराले चाहिँ बढी महत्व राख्छ।

गुलिया आइसक्रिम र चकलेटहरु जति खाए पनि कुनै खास मञ्जनले दाँत माझेपछि चाँहि दाँतमा केही पनि हानी नगर्ने भन्ने किसिमका विज्ञापनहरु दिने गरिएको छ। यसबाट बच्चाहरु मात्र नभई आमा बाबुहरुमा पनि ठूलो प्रभाव परेको देखिन्छ। तर यस किसिमका भनाइ गलत हुन्। बालबालिकाहरुको दाँतमा चकलेट, आइसक्रिम, कोकाकोला, पेप्सी आदि गुलियो वस्तुको नकारात्मक असर निकै हुन्छ।

यस किसिमका गलत विज्ञापनको विरोध गर्दै आउनु भएका दन्त विशेषज्ञ डा. सुशील कोइराला भन्नुहुन्छ, ‘हामीले करिव दुई वर्ष अघि विभिन्न किसिमका दाँत माझ्ने मञ्जनहरुको जाँच गरेर त्यसमा के के कुरा छन भन्ने अध्ययन गरेर हेरेका थियाँै। त्यस अध्ययन अनुसार विभिन्न मञ्जनहरुले आफ्नो उत्पादनमा समावेस गरिएको भनेर विभिन्न तत्वहरुका वारेमा उल्लेख गरिएका कुरा बढाइँचढाइँ गरिएको पत्ता लागेको थियो। त्यस अध्ययनलाई हामीले जनताको माझ लगेर भ्रममा नपर्न आग्रह गर्ने प्रयास गरेका थियौँ।

जति बढी कुनै वस्तुको विज्ञापन आउँछ त्यो वस्तु वास्तवमा नै हामीलाई नचाहिने रहेछ भनेर बुझे हुन्छ। भटमास, कोदो, मकैजस्ता वस्तुको विज्ञापन गर्न पर्दैन होइन र?

विवेकहीन विज्ञापनकै प्रभावले गर्दा तपाईं हामी जीवनका हरेक पलमा ठगिइरहेका हुन्छौं। विवेकहीन विज्ञापनकै प्रभावमा परेर हामीलाई आवश्यक नपरेका बस्तुहरु पनि किन्छौं। थोरै व्यय गर्ने ठाउँमा धेरै खर्च गर्छौ र आफ्नो स्वास्थ्य खराब गर्न आफैं अघि सर्छौं। विज्ञापन देखेर कुनै वस्तु प्रयोग गर्नु अघि सोच्नुस् साँच्चि विज्ञापनमा भनिएका कुरा विश्वास गर्न लायक छन् त? के हामीहरु विज्ञापनको प्रभावमा परेर विबेक गुमाइरहेका त छैनौँ?
साभार सेतोपाटीको  पुरानो  लेखबाट
Share on Google Plus

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment