13 Dec 2015 0 comments

सामान्यतया बच्चाहरु भन्ने बितिक्कै ५ बर्ष उमेर समुहकालाई बुझ्नु जरुरी छ । बच्चाहरु कुरा जान्दैनन,थाहा पाउँदैनन । उनीहरु जाडो,गर्मीको अनुभव त गर्छन तर त्यसको कारण र असरका बारेमा ज्ञान हुदैन । ...

बाँकी यता>>
17 Nov 2015 0 comments

छेटु शेर्पा अशिक्षा र अज्ञानता संखुवासभा: १८ वर्षीया किशोरी निमछिकी शेर्पा तीन सन्तानकी आमा बनेकी छिन्। अशिक्षा र अज्ञानताले गर्दा उनले १४ वर्षमै बिहे गरिन् र लगातार तीन बच्चा जन्माइन्। &nb...

बाँकी यता>>
11 Nov 2015 0 comments

यहाँका विद्यालय उमेरका बालबालिका पढ्ने समयमा विवाह गर्दा पढाइ अगाडि बढाउन नपाएको गुनासो उनीहरुले गरेका छन् । बालविवाह हुँदा छ प्रतिशतभन्दा बढी बालबालिकाले पढाइ छाड्न बाध्य भएको जिल्ला शिक्षा...

बाँकी यता>>
20 Oct 2015 0 comments

धादिङ - नलाङ गाविस–३ झगरेकी ३२ वर्षीया महिला र उनका चार सन्तानलाई उनका पतिले कात्तिक १ गते राति घर निकाला गरेपछि उनीहरु बिचल्लीमा परेका छन् । पीडित पत्नीले आफ्नी १५ वर्षीया एक छोरीलाई पटक...

बाँकी यता>>
19 Oct 2015 0 comments

ज्योती देवकोटा ‘आमा’ भन्ने शब्दसँग मेरो सबैभन्दा बढी प्रेम छ। र, यही शब्दसँग सबैभन्दा बढी वितृष्णा पनि छ। झलकमान गन्धर्वले गाएको ‘आमाले सोध्लिन् नी खै छोरो भन्लिन्’ गीत होस् वा दिप श्रेष्ठ...

बाँकी यता>>
16 Oct 2015 0 comments

रामकुमार परियार असोज २९ , शुक्रवार । पोखरामा गत बुधबार सार्वजनिक धारा छोएको निहुँमा एक दलित महिला माथी निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ । गत असोज २७ गते बुधबार साँझ कास्की जिल्ल...

बाँकी यता>>
15 Oct 2015 0 comments

प्रधानमन्त्री केपि ओलिले प्रधानमन्त्री चयन भए लगत्तै देशभरबाट तुईन विस्थापन गरिछाड्ने अठोत लिएको घोषणा गरेका छन । उनको कार्याकालमा यो संभव होला त ? ...

बाँकी यता>>
08 Oct 2015 0 comments

२२ असोज । आकर्षक कमाइको सपना बोकेर १६ महिनाअघि आफ्नो ब्युटी पार्लर छाडेर विदेश गएकी बुटवलकी गेनुरेश्मी थापामगरलाई दलालले सिरियामा पुर्‍याएर बिक्री गरे । द्वन्द्वग्रस्त मुलुक सिरियामा बेचिएपछि उन...

बाँकी यता>>

♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥

“जन्मले सबै शूद्र हुन्, कर्मले उठाउँदै लैजानुपर्दछ”-पूर्ण बिश्वकर्मा ,पुजारी

जात लुकाएर पशुपतिमा कर्मकाण्ड सिकेका पूर्ण बिक (५५) आफ्नो समुदायमा पुरोहित गनिएका छन्। सबेरै नुहाइधुवाइ सकेर पाञ्चायन देवताको पूजा गर्छन्। टुप्पी पालेका, जनै लगाएका छन्।

न माछामासु खान्छन् न त मदिरा पिउँछन्। उनी हुन्, दमक–१९ का पूर्ण बिक (५५)। दलित कुलमा जन्मिएका बिकको कर्मकाण्डी ब्राह्मणको जस्तो जीवनशैली देख्दा/सुन्दा धेरै आश्चर्य मान्छन्। तर, उनलाई भने यो स्वाभाविक लाग्छ, किनभने उनी दलित समुदायका पुरोहित जो हुन्। २०४४ सालमा काठमाडौंमा सडक विभागमा मजदूरी गर्न गएका पूर्णले एकदिन गौशालाको पशुपति मन्दिर परिसरभित्र ब्राह्मण वटुकले पढिरहेको देखे। र, भित्रैबाट उनलाई आफूले पनि संस्कृत पढी ब्राह्मण जस्तै बन्ने मन लाग्यो।

शूद्रले शास्त्र पढ्नुहुँदैन भनी कतिपयले अहिले पनि भन्ने गरेको बिकले सुनेका छन्। तर, उनी यसलाई नबुझ्नेको तर्क ठान्छन्। दलितमाथिको छुवाछूत विरुद्धमा त संस्कृत श्लोकमै जवाफ दिइएको उनको भनाइ छ। उनी भन्छन्, “जन्मना जायते शूद्रः संस्कारात् द्विज उच्यते अर्थात् जन्मले सबै शूद्र हुन्, कर्मले उठाउँदै लैजानुपर्दछ।”

दिउँसो सडकमा काम गर्ने र बिहान ब्राह्मण वटुकसँगै मिसिएर उनी कर्मकाण्ड सिक्न थाले। मन्दिरको दान–दक्षिणाले उनलाई खान–बस्न पनि सजिलो भयो। “पढ्नै दिंदैनन् भन्ने डरले मैले आफ्नो जात भनिनँ”, उनी भन्छन्। एक वर्षजति रुद्री र चण्डी पढेपछि बिकले जनै लगाए। र, अर्को वर्ष घर फर्के।

काठमाडौंमा काम गर्न गएको पूर्णले धाराप्रवाह संस्कृतका श्लोक वाचन गरेको सुनेर दलित समुदाय मात्र होइन, ब्राह्मणहरू समेत चकित परे। त्यसयता उनी दलित समुदायमा पुरेतका रुपमा पुजिन थालेका छन्।

उनी भन्छन्, “धेरै हिन्दू ग्रन्थ पढें, यो कर्म हामीले गर्नुहुन्न भनेर कतै लेखेको रहेनछ।” गत माघ―फागुनमा उनले दमक वरपर दलितका ९ घरमा श्रीस्वस्थानीको साङ्गे गरिदिए, सातामा कहीं न कहीं पूजा, श्राद्ध गरिरहन्छन्। सोह्रश्राद्धमा उनी सबैभन्दा व्यस्त हुन्छन्। यसैबाट पाँच जनाको परिवार पालिरहेका छन्।

दलित समुदायमा पूजाअर्चना र तिथि, श्राद्ध कमै हुने गरे तापनि पछिल्ला दिनमा यस्तो संस्कार बढिरहेको उनको भनाइ छ। बिकको घरमा श्रीमद्भागवत, अग्निस्थापना, श्रीस्वस्थानी ब्रतकथा जस्ता थुप्रै हिन्दू कर्मकाण्डका किताबका चाङ छन्।

कर्मकाण्डको विधिशास्त्रमा एउटा सूर्याेदयभित्र ब्राह्मणले एकठाउँमा मात्र पुजिनुपर्ने लेखिएको तर कतिपय पुरोहितले दिनमा चार वटासम्म श्राद्ध भ्याउँदा शास्त्रकै अपमान भएको उनको ठहर छ।

साभार हिमालखबर गोपाल गडतौला, झापा
Share on Google Plus

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment