♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥

म बोक्सी होईन

वर्षा कार्की

गरिब हूँ , एकपेट खाने , म त बोक्सी हैन ।
तन्त्र मन्त्र तातो भात , फुक्न जान्या छैन ।।

भोको नाङ्गो देखे पछि सबले गरे हेला ।
समाजले आरोप लाउँदा , जीवन बन्यो जेल ।।

मंगल ग्रह जाँदै छ नि मानिसको ताँति ।
यस्तो आरोप किन लाउछौ म अवला माथि ।।

झाँक्री बोक्सी तन्त्रमन्त्र सबै रूढी बाद हो ।
बोक्सी भन्दै अबलालाई नख्वाऊ गु र छाद भो ।।

नगर है यस्तो पाप , यो देवस्व भूमि ।
मान्छे हुन आयौं हामी , धेरै जुनी घुमी ।।

आफ्नै चेलीबेटीलाई अक्करमा पारी ।
बोक्सी भन्दै जिउँदै आगो लगाएर मारी ।।

बोक्सी हैन मातृशक्ति हुन्छे नारी जाति ।
जन्मदिने नारीमाथि नबनौं है घाति ।।

आत्मसम्मान सबको हुन्छ , खुलुन् सबका आँखा ।
नारी नै हुन् आमा भनि , गाऊँ मीठो भाका ।।
Share on Google Plus

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment