♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥

समयले तिम्रो मुखुण्डो उतार्ने छ

सिर्जना तिम्सिना 

तिमीलाई त मान्छे भन्न पनि घिन लाग्न थाल्यो । भमराले फूलको रस चुसेर खोक्रो पारी नयाँ फूलको रस चाख्न हिडे जस्तै गरि हिड्यौ ।

संसार बदल्न हिडेका हजारौं योद्धाले तेस्र्याएका बन्दुकका नाल अघि एक अर्काको सारथी बन्ने प्रतिबद्धताका साथ अविर र माला पहिरिएर विवाह बन्धनमा बाँधिएका थियौं । एउटै विचार र उदेश्य भएकाले नै तिमी र मेरो जोडी मिल्यो र मोर्चा मै हाम्रो नयाँ जीवनको सुरुवात भयो 
तर अफसोच तिमी यतिसम्म बदलिन्छौ भन्ने सपनिमा पनि सोचेको थिईन । शान्ति कालसँगै तिम्रो पनि मानस पटल परिवर्तन भएछ । मलाई के थाहा , तिमिले ९ वर्ष सम्म मेरो शरीर , विश्वासँग खेलेर आज अर्कैको भावना माथि हस्तक्षेप गर्न पुगि सक्यौ भनेर ।

सोचेकी थिए । तिमी, पार्टी कामका सिलसिलामा हिड्दैछौ । भलै परिवारमा खासै समय दिन नपाए पनि तिम्रो मुटुको टुक्रा ती वालकको अधिकारलाई त ख्याल गरेका छौ ! अनि हामीले एक अर्का प्रति गरेको प्रतिबद्धता अनि ईमान्दारीतालाई त जोगाएकै छौ ।

बिस्तारै तिमीमा आएको परिवर्तनबाट मैले बुझ्नु पर्थो ,के गर्नु असमर्थ भए म । किन कि यै समाजकी छोरी हु नी म पनि । जे परिवर्तनका लागि कलम समाउने हातले बन्दुक समाएकी थिए ,अनि बम र बारुदसँग खेलेकी थिए ती त प्राप्त थिएनन् ।

बर्षौ सम्म युद्धभूमिमा तिमी र तिमी जस्तै पुरुषहरुसँग हाते मालो गर्दै काँधमा काँध मिलाएर हरेक मोर्चामा लडे पनि वास्तविकता त उहि थियो जो एक सामान्य नेपाली नारीको छ । भलै विचारमा परिपक्क छु होला, तर सामाजिक धरातल उही …..

उफ्…सोच्दा पनि घिन लाग्छ आज काल ,जब तिम्रा बारेमा अनेक मेरा लागि असैह्य कुराहरु सुन्न थाले या भनौ कति आउन थाले ? हो ,मैले शंका गरे तिमीलाई र धेरै पटक भने पनि प्रकाश कतै तिमीले मलाई धोका त दिदै छैनौ । यो सानो वालकको बाबा माथिको अधिकार त खोस्दै छैनौ ।

तिमीले कति सहज जवाफ दिन्थ्यो ,सधै संका गर्ने यस्तरी ? मलाई तिमीसँग गाह«ो भैसक्यो । केहि समय त चुप लागेकै थिए, तर जव तिम्रा ब्यावहारमा परिवर्तन धेरै पाउन थाले अनि अलि खुलेर आए …अह गलत नसोच मलाई …अरुसँग हैन तिमीसँगै । तिमीलाई नै भने तिम्रो नियत ब्यावहार ठिक लागेन मलाई । म बाहेक तिम्रो पर स्त्रीसँग पनि सम्बन्ध रहेछ ।

तिमीले यसरी प्रतिवाद गर्यौ कि ,जुन स्त्रीका बारेमा मैले तिमीलाई भने । उसैले म सँग यस्तो धम्की दिएकी जो यो नेपाली समाजले र नारी या भनौ कोही श्रीमतीले सहन सक्दिन ।

तिमी त उसैसँग खुशी छौ रे । अनि अबको बाँकी जिन्दगी उसैसँग बिताउन चाहन्छौ रे । उसले तिमीलाई छाड्न नै सक्दिन रे । हरे कस्तो अचम्म । तिमीसँग भएका मेरा वार्तालापहरु ती परस्त्रीसम्म कसरी पुर्यायौ ,आट गर्यो प्रकाश ?

मेरो गल्ती थियो भने मलाई गालि गर्न सक्थ्यांै । दूई चार थप्पड पनि लगाउन सक्थौ । तिम्रै जीवन साथी थिए म । मैले गलत बाटो हिड्दा र हिडिरहेको भए सुधार्नु तिम्रो कर्तब्य पनि हुन्थो । त्यसलाई ख्यालै गरेनौ र हाम्रा ओछ्यानमा भएका कुरा पनि उसलाई सुनाउन थाल्यौ । अनि मेरो संकालाई प्रमाणित गर्यो तिम्रो व्यावहारले ।

त्यसैले भन्छु , तिमी देखि घिन लागेर आयो मलाई । त्यसैले त तिमीसँग अबका कुनै दिन या रात बिताउने रहर छैन मलाई ।

तिमीलाई शंका गर्ने र सतर्क गराउने मेरो हक थियो भन्ने सोच्थे । किन कि हाम्रो प्रेमको चिनो विवश पनि आठ बर्षको भईसकेको थियो ।

युद्ध मोर्चा मै जगंलको झाडीमा जन्मिएको ऊ । आमा बाबालाई सधै साथ देख्न आतुर हुन्थ्यो । उसका लागि संसार नै हामी दुबै थियो ।

तिम्रा लागि म प्रिय कमरेड थि‘ए । प्रिय कमरेडबाट म जीवन साथी भए,श्रीमति भए‘ । तिमी मलाई रात्रीकालीन बिच्छ्यौनामा विन्दु भन्दै भविष्यको सपना बाड्थ्यौ । जब मैदानमा हुन्थ्यौं त्यो बेला कमरेड भनेर सम्मान गथ्र्यौ । मायाले स्पर्श गथ्र्यौ ।

अहिले त तिमी मसँग भएका शारीरिक सम्बन्धका कुराहरु पनि अरुलाई सुनाउँदै हिड्छौ रे । मैले तिमीलाई साथ रहन चाहना राख्दिन भन्छौ रे । ती बितेका बर्ष ,अनि दिनहरु सम्झन त । हाम्रो प्रेमका वार्तालाभहरु याद गर न अनि भेट नहँुदा लुकि लुकि लेखिएका प्रेम पत्र पनि थोरै फुर्सद निकालेर हेर न ।

त्यस पछि हाम्रो सम्बन्धको बारेमा निर्णय लिन तिमीलाई सहज होला । म तिमीलाई मसँग नै बस भन्दिन , तर त्यो अबोध वालकको भविष्य र अधिकार माथि कोही दोस्रो व्यक्तिको हस्तक्षेप नि चाहन्न ।

तिमीले रुप ,पैसा या हैसियत के हेर्यौ थाहा छैन, तर तिम्रो भविश्य उज्वल देख्न सकिन मैले । तिम्री जीवन संगिनी थिए जुन वेला हरेक निर्णयहरु म सँगको सल्लाहमा लिन्थ्यो । आज अरु कसैको अंगालोमा बाँध्न पुग्यौ ।
त्यो सम्बन्धको तिमीले हत्या गरे पनि एक सह–योद्धा मित्रको रुपमा शुभकामना दिन्छु , तिम्रो भविष्यको अन्धकारमय जीवनलाई ।

दोष त मेरो पनि थियो होला ,त्यसमा तिम्रो अश्लिल र असह्य हर्कतहरु बढी भए । उसलाई दोष दिन्न म ,तिमीले नै त त्यो अवस्थाको श्रृजना गरि दिएको थियो ।

मेरो भविश्य मेरो हातमा छ जसलाई म स्वाभिमानका साथ जिउँछु अनि तिम्रो नासो पनि सम्हाल्ने छु । तर याद राख, मैले युद्धभूमीमा भोगेका र सहेका पिडा भन्दा कयौ पिडा तिमीले अहिले दिएका छौ । यसको हिसाव समयले तिमीसँग अवश्य गर्ने छ ।

तिमी जतिसुकै टाढा भाग , तिमी समयको नजरमा दोषी छौं, ईमान्दारीताको जतिसुकै मुखुण्डो लगाए पनि तिमीले नाङिगने दिन आउछ, तिमीलाई समयले कार्बाही गर्ने छ । प्रेमका फुलले तिमीलाई सजाय दिने छ । …

Share on Google Plus

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment